काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले विश्वासघात र ठगीको आरोपमा पक्राउ गरेको छ ।
उनीमाथि पर्सा प्रहरीले दर्ता गरेको मुद्दाअनुसार अनुसन्धान अघि बढाइएको हो । पर्साबाट पक्राउ पुर्जी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी पर्सा पठाउने तयारी गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि पर्सा प्रहरीमा बुझाइनेछ ।