काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरीस्थित लाइफ क्वेस्ट क्लिनिकल ल्याबबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डधारक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले लाइफ क्वेस्ट ल्याबमा विभिन्न परीक्षण सेवामा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूका लागि यस्ता सुविधाजनक सहकार्य गर्दै आएको जनाएको छ । यसबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारभन्दा डिजिटल भुक्तानीप्रति प्रेरित हुने अपेक्षा लिइएको छ ।
छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा उपलब्ध छ ।