केन्याका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत, दूतावास कार्यालयको पनि उद्घाटन

काठमाडौं । केन्याका महामहिम राजदूत (उच्च्युक्त) पिटर मैना मून्यीरीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनको उपस्थितिमा उनले प्रमाणपत्र बुझाएका हुन् ।

त्यसै दिन महामहिम मून्यीरीले काठमाडौंको कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तलामा स्थापना गरिएको गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको औपचारिक उद्घाटन पनि ग रे।

नेपालका लागि अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित विशेष समारोहमा दुई देशबीच व्यापार, संस्कृति र विविध क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता व्यक्त गरिएको थियो । टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक समेत हुन् ।

यस अवसरमा नेपाल–केन्या सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै पक्षको साझा प्रयास आवश्यक रहेको पनि उल्लेख गरिएको थियो ।

Share News