काठमाडौं । करीब २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुबै जना सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय र २६ वर्षीय दानबहादुर तामाङ हुन् ।
प्रहरीका अनुसार उनीहरूले आफूहरू विदेशबाट फर्किएको नाटक गर्दै काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई विदेशी मुद्रा साट्न रकम दिने बहानामा झुक्याएर सुनका गहना लिएर फरार हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी ठगीसम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।