बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । बढी भाडा लिने चालकलाई प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले यात्रुहरूबाट बढी भाडा लिने ३३१ जनालाई नियन्त्रणमा लिएको हो । 

विभिन्न राइड सेयरिङ एपको दुरुपयोग गरी यात्रुहरूबाट बढी भाडा लिने र अफलाइन बार्गेनिङ गरी यात्रुहरूलाई हैरानी दिने ३३१ जना चालकहरूलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
साथै उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा समेत बुझाएको जनाएको छ । 

यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ । 
 

Share News