गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका हुन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गरेका हुन् । 

उनले कुनैपनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताए । 

उनले भने, ‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले (प्रतिपक्षी दलहरु) प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ । यी सबै कुरा दोस्रो भयो । सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । हामीले प्रतिपक्षीलाई गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन निरन्तर आग्रह पनि गरेका छौँ ।’

उहाँ मन्त्रीमाथि प्रश्न उठेपछि संसदमा जवाफ दिन नदिएर गलत नजिर बसाउन नहुने बताए । 
 

Share News