काठमाडौं । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले बर्दिया, कास्की, धनुषा र पाँचथरको सीडीओ फेरेको हो ।
सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा, अरुण पोखरेललाई पाँचथर र कास्कीमा रुद्रादेवी शर्मालाई पठाइएको हो । कास्कीका सीडीओ भरतमणि पाण्डे भने मन्त्रालयमा तानिएका छन् ।