काँग्रेसमा देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने मान्छेहरू छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

नेपालको राजसंस्थालाई न हिजो, न भोलि कसैले पनि संवैधानिक बनाउन नसक्ने बताए । संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा बहस गर्न नहुने बताए । अहिलेको बहस नेपालमा की राजतन्त्र रहन्छ की गणतन्त्र रहन्छ भन्नेमा हुनुपर्ने बताए । राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन चुनौति दिए । राजतन्त्र आएपछि हुन्छ के ? भन्ने प्रश्नको जवाफ चाहिने जानकारी दिए । 

महामन्त्री थापाले भने, ‘म लामो समयसम्म नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्दै गर्दा हामी नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था दुई वटा पिल्लरहरु छ,यसैबाट अघि बढ्ने भन्नेकुरालाई खालि यो ट्याक्टिल कुरा मात्रै होइन, विश्वासका साथ मान्दै आएको राजनीतिक दल भयौँ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ । म के विश्वास गर्दछु भने उहाँ भन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको भन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्तिहरू काँग्रेसमा दर्जनौँ रहेको जानकारी दिए । 

Share News