काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरूले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टीहरु हट्ने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरूले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाैँ भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरू हराउने दाबी गरे ।
गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताए । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको जानकारी दिए ।
महामन्त्री थापाले भने, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरुमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भुमिकामा, एउटै अनुहारमा देखिरहेका छाैँ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’
महमन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताए ।