प्राइम सेरामिक्सलाई ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’को सम्मान

काठमाडौं  । प्राइम सेरामिक्सलाई नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरले ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’को रूपमा सम्मान गरेको छ । विद्युत खपत, नियमित महसुल भुक्तानी र उद्योग क्षेत्रमा पुर्याएको योगदानका आधारमा प्राधिकरणले प्रदेशस्तरका उत्कृष्ट १० उपभोक्तामध्ये प्राइम सेरामिक्सलाई छानेर सम्मान-पत्र प्रदान गरेको हो ।

उक्त सम्मानले प्राइम सेरामिक्सको उत्पादन क्षमताका साथै राष्ट्र निर्माणमा स्वदेशी उद्योगको भूमिकालाई उजागर गरेको छ । मेड इन नेपाल अभियानलाई अग्रस्थानमा राख्दै भित्ते तथा फ्लोर टायल्स निर्माण गर्दै आएको यो देशकै एक मात्र उद्योग हो ।

सम्मान ग्रहण गर्दै प्राइम सेरामिक्सका उपाध्यक्ष शेखर मॊडुलाले भने, 'हामी गुणस्तरीय उत्पादन, समयमै सेवा, र राष्ट्रप्रति समर्पित रहने मूल्यमान्यतामा दृढ छौं । यस सम्मानले हाम्रो टीमलाई थप प्रेरणा र उत्तरदायित्व प्रदान गरेको छ ।'

प्राइम सेरामिक्सले आगामी दिनहरूमा स्वदेशी उत्पादन, दिगो विकास र उपभोक्ता सन्तुष्टिलाई केन्द्रमा राखी अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणको यस पहिचानले उद्योग र ऊर्जा क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Share News