काठमाडाै । सरकारले आगमी आव २०८२/८३ मा तराई, मधेसका २८० अधुरा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गरिने भएकोे छ । बिहीबार आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गर्न ६ अर्ब ३७ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिने भएको छ । विपद्बाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत तथा पुनःस्थापना गर्न ४१ करोड विनियोजन गरिएको छ ।