काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उद्यमशीलतामैत्री शिक्षाको प्रवर्द्धन गर्न विद्यार्थीलाई पनि काम गर्न दिइने भएको हो ।
साथै सरकारले सार्वजनिक निकायमा इन्टर्नको व्यवस्था गरिने पनि जनाएको छ ।
उनले विद्यार्थीहरुलाई उद्यममा प्रोत्साहित गर्न २ लाखदेखि २० लाखसम्म विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेका छन् ।