काठमाडौं । सरकारले महिलाको नाममा रहेको व्यवसाय दर्ता र नवीकरण गर्दा कुनै शुल्क नलाग्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
पछिल्ला वर्षहरुमा सरकारले महिलाको आर्थिक स्तर वृद्धि र सम्पत्ति स्वामित्वमा महिलालाई प्रोत्साहित गर्ने गरी करका नीतिहरु बनाउदै लगेको छ ।