फलफूल, मासु तथा खाद्यान्न बिक्री पहिले विषादी परीक्षण गरिने

काठमाडौं । सरकारले फलफूल, मासु तथा खाद्यान्न बिक्री हुनुभन्दा पहिले अनिवार्य विषादी परीक्षण गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै विषादी परीक्षण गर्ने बताएका हुन् । 

थोकबजार केन्द्रमा द्रूत विषादी परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । विषादी परीक्षणका लागि जनशक्ति र प्रविधिका लागि आवश्यक बजेट व्यवस्था गरिने जनाइएको छ ।

Share News