उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरे निशुल्क लिजमा जग्गा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका उद्योगहरू स्थानान्तरण गरेर निःशुल्क जग्गा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताए । 

राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहित गर्न उपत्यकाभित्र रहेका उद्योग स्थानान्तरण गरे निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए । 

Share News