काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ३७ हजार ९ सय ८४ विपन्न नागरिकले निःशुल्क सेवा लिएका छन् ।
चालूआर्थिक वर्ष फागुन मसान्तसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु क्यान्सर, मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधी सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस अवधिमा ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच भएको बताएका छन् ।