आधा दर्जन बढी बैंक र बीमा कम्पनीका संस्थापकले बिक्रीमा राखे सेयर, कुनको मूल्य कति ?

काठमाडौं । आधा दर्जन बढी बैंक तथा बीमा कम्पनीका संस्थापकहरूले सेयर बिक्रीमा राखेका छन् । विभिन्न ८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनीहरू बाहिरिन लागेका हुन् ।

​​​एनएमबि बैंकका संस्थापक सेयरधनीले ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, सानिमा बैंकका संस्थापक सेयरधनी खेमराज लामिछानेले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । बैंकको सेयरमा न्यूनतम् ५० हजार कित्ता आवेदन दिनुपर्नेछ । 

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी गौरी श्रेष्ठले आफ्नो नाममा रहेको १ लाख १२ हजार २४० कित्ता, प्रभु महालक्ष्मी लाइफका संस्थापक सेयरधनी श्रीचन्द्र भट्टले २२ हजार कित्ता, लजना श्रेष्ठले १० हजार कित्ता र सुदर्शन राज पाण्डेले ३ हजार ६७४ कित्ता सेयर बिक्रीमा राखेका छन् । 

यतै, गोर्खाज फाइनान्सका संस्थापक सेयरधनी देवाराज राईले ४ हजार ९९९ कित्ता, बाबुराम थापाले ८९ कित्ता, जितेन्द्र थापा मगरले ४ हजार ४६ कित्ता, मिन तामाङ्गले ३ हजार ५१९ कित्ता र अम्बिका मोहन जोशीले १२ हजार २९ कित्ता सेयर बिक्रीमा राखेका छन् । 

यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले १ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । साथै, जीवन विकास लघुवित्तका संस्थापक सेयरधनी निरज पोख्रेलले आफ्नो नाममा रहेको ८ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संस्थापक सेयरधनी कृष्ण कुमार भट्टराईले आफ्नो नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २८० सय रुपैयाँ तोकिएको छ । 

एनएमबि बैंकबाहेक कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउँछन् । त्यसैले खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने सम्बन्धित कम्पनीले जनाएका छन् । 

Share News