भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफू विरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।

‘सबैभन्दा पहिलो जसरी यो विषय मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हो, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा निवेदन गर्न चाहन्छु,’ गृहमन्त्री लेखकले भने । 

गृहमन्त्री लेखकले आफू विरुद्ध नियोजित र षड्यन्त्र पूर्वक ढंगले आक्रमण गरिएको यो आक्रमण राजनीतिक पुर्वग्राहले प्रेरित भएको र यो क्रम जारी भएको बताए ।‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्र पूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रणको लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल निकाय अख्तियार दुरुपयोग गर्ने कुनै पनि कारबाहीलाई खुला मुखले स्वागत गर्ने बताएका छन् ।

Share News