राप्रपाद्वारा गृहमन्त्रीको राजनीमा र प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । 

बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । 

उनले भने, ‘नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ । साथै आज बसेको संसदीय दलको बैठकले सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्रीले त्यो अभिव्यक्तिको जवाफ माग्ने ।’

बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको हो । 

Share News