पोखरा विमानस्थलको अनियमिततामा दोषी भए कारबाही भोग्न भट्टराई तयार

फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आफ्नो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको र अख्तियारले छानविन गरेको खण्डमा आफू बयान दिन जाने बताएका छन् ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आवश्यक छानविन गरिकन यथार्थ विवरण अख्तियारले पनि समितिमा पठाउन जरुरी रहेको बताए ।

साथै उनले आवश्यक कारबाही गर्न पछि हट्न नहुने पनि बताए । निर्णयको प्रक्रियामा आफ्नो पार्टीको कोही संलग्न भएको भए काराबाहीको दायरामा आउने प्रतिवद्धता उनको छ ।

सांसद भट्टराईले भने, ‘अख्तियार ले यसमा आवश्यक छानबिन गरिकन यथार्थ विवरण यहाँ पनि पठाउनुपर्छ । साथै आवश्यक कारबाही पनि गर्नुपर्छ । यो निर्णयको प्रक्रियामा मेरो पार्टीको पनि कोही संलग्न छौं, छन् भने कारबाहीको दायरामा हामी आउँछौं । म मिडियाको अगाडि भन्छु- मेरो कार्यकालमा पोखरा विमानस्थलमा कुनै अनियमितता भएको अख्तियारले छानविन गर्छ भने म बयान दिन जान्छु । अर्को पयर्टनमन्त्री पनि जाओस् ।’

उनले कसैलाई लुकाउन, छिपाउन कसैले पनि नखोजेको बताए ।

Share News