प्राधिकरणले १५० मेगावाट विद्युत भारतलाई दियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाट विद्युत भारत निर्यात गरेको छ । 

शनिबार रातिबाट १ सय ५० मेगावाट विद्युत भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले जानकारी दिए । 

उनका अनुसार केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । 

भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत मिलेको प्रवक्ता शिल्पकारको भनाइ छ । 

नदीमा पानीको बहाव बढेसँगै नेपालको पिकलोडमा हुने मागकै हाराहारीमा विद्युत् उत्पादन भइरहेको उनले जानकारी दिए ।

अहिले पिक समयमा १ हजार ९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १ हजार ९२५ मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको उनको भनाइ छ ।

Share News