गभर्नर नियुक्त गर्न मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको बैठकबाट गभर्नर नियुक्ति हुने बुझिएको छ ।

मंगलबार गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । अर्थशास्त्री डा. विश्व पौडेल, नीलम ढुंगाना र दिनेश आचार्यको नाम सिफारिस भएको हो । जसमध्ये पहिलो नम्बरमा डा. पौडेलको नाम छ । 

आज अपरान्ह समितिको बैठक सुरु भएको थियो । बैठक अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी थिए।

आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । 

Share News