गभर्नर सिफारिसमा डा. विश्व पौडेल अग्रपंक्तिमा, आजै नियुक्तिको सम्भावना

काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिको बैठकले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

अर्थशास्त्री डा. विश्व पौडेल, नीलम ढुंगाना र दिनेश आचार्यको नाम सिफारिस भएको हो । जसमध्ये पहिलो नम्बरमा डा. पौडेलको नाम छ । 

आज अपरान्ह समितिको बैठक सुरु भएको थियो । बैठक अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी थिए।

आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । 

आजै मन्त्रिपरिषद बैठक पनि बोलाइएको छ । आजको बैठकबाट गभर्नर नियुक्ति हुने बुझिएको छ ।

Share News