काठमाडौं । अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दर्ता नहुने भएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले यसअघि सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेशलाई सदर गरिदिएको हो ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको हो ।
रिटमा रजिस्ट्रार पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए ।
यससँगै अब सरकारलाई पौडेललाई गभर्नर नियुक्ति गर्न सजिलाे हुने भएकाे छ ।
आइतबार दर्ता भएको दरपीठविरुद्धको सो निवेदनमाथि मंगलबार सुनुवाइ भएको हो ।