कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका छन् । चौधरीमाथि यौन शोषणको शिकार भएकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप लागेको छ ।
रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएपछि उनी केही दिन फरार रहेका थिए । तर, आज उनी आफैं जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएको प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिए ।
हाल चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।