काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवास्थित कारागारमा थुनामा रहेका लामिछानेको रिट यसअघि पनि पटक–पटक पेशीमा परेपनि ‘हेर्न नमिल्ने’ इजलासमा परेपछि सुनुवाइ हुन सकेको थिएन ।
तर, मंगलबार उक्त मुद्दा दोस्रो नम्बरमा पेशीमा परेकाले आजै सुनुवाइ हुने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ ।
लामिछानेसँगै सहकारी प्रकरणमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि सोही इजलासमा तोकिएको छ ।