पाँचपटक इजलास परिवर्तनपछि रविको रिट ‘हेर्न मिल्ने’ इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेय सम्मिलित इजलासमा परेको छ ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीशहरूको इजलासमा परेको उक्त रिटमा अब हेर्न मिल्ने इजलासमा पेशी तोकिएको हो । सर्वोच्च अदालतले आइतबार उक्त रिट ‘हेर्न मिल्ने’ न्यायाधीशको इजलासमा तोक्न आदेश दिएको थियो ।

लामिछानेको रिट सोमबार 'घ' नम्बरमा छ, जहाँ उनीभन्दा अगाडि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणसम्बन्धी अन्य मुद्दाहरू पनि तोकिएको सूचीमा रहेका छन् ।

हाल रवि लामिछाने भैरहवा कारागारमा रहेका छन् । उनी सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् ।

Share News