सगरमाथा संवाद सुरु, ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता

काठमाडौं । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । 

प्रधानमन्त्री केपी शर्माले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरे ।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । 

समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् ।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । 

आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन् । 

Share News