ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दी जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका- ८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।  

सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका- ३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो ।

दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । 

ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो ।  

जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । 

Share News