काठमाडौं । व्यापार कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । आन्तरिक तथा बाह्य व्यापारको समष्टिलाई नै समग्र व्यापारको रूपमा परिभाषित गर्न सकिन्छ । यद्यपि नेपालले वैदेशिक व्यापारमा अपेक्षित मात्रामा निर्यात विस्तार गर्न नसकेको कारण स्थायी रूपमा व्यापार घाटाको स्थितिमा रहँदै आएको छ । वर्तमान अवस्थामा समेत नेपालको अन्तर्राष्ट्रिय व्यापार उल्लेख्य घाटामै सीमित देखिन्छ ।
नेपालले चालु आर्थिक वर्षको ८ महिना चैतसम्ममा १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ भने ३४ मुलुकसँग नाफाको व्यापार गरेको छ । नेपालले अफगानिस्तान, डेनमार्क, रुस, अष्ट्रिया, लाटभियालगायत मुलुकसँग नाफामा व्यापार गरेको हो ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार देशमा आन्तरिक उत्पादन कम हुनु तथा भरपर्दो निर्यात गर्ने वस्तुहरूको अभाव हुँदा आयात सधैं बढी र निर्यात कम हुँदा बर्सेनि घाटा बढिरहेको छ । विगत पाँच वर्षको तथ्यांकअनुसार वार्षिक निर्यात २ खर्ब मात्रै छ भने आयात २० खर्ब पुगेको छ ।
नेपालबाट निर्यात हुने वस्तुहरूको प्रकृति हेर्दा अप्रशोधित तथा न्यून प्रशोधित तौल र आयतन बढी मूल्य अभिवृद्धि न्यून हुने वस्तुहरू रहेका छन् ।
आयाततर्फ विलासिताका वस्तु जस्तै इन्धन र दैनिक उपभोग्य वस्तु तथा सवारीसाधन बढी मात्रामा रहेका छन् । उच्च मूल्य र प्रतिस्पर्धात्मक क्षमता भएका आन्तरिक उत्पादनमा वृद्धि गरी निकासी प्रवर्द्धन गरिनु जरुरी छ ।
भन्सार विभागको तथ्यांकअनुसार विगत पाँच वर्षको आयात यस्तो :
अर्बमा

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ३ प्रतिशतले घटेर यस आवमा १ खर्ब ५२ अर्ब ३८ करोड रहेकोमा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड पुगेको छ ।
निर्यात गरिएका प्रमुख वस्तुहरूमा भटमास तेल, पामतेल, कटन धागो, ऊनी गलैंचा, जुटका समान अलैंची, तयारी पोशाक, जुसलगायत रहेका छन् । निर्यातको तुलनामा आयात उच्च रहेकाले आव २०८०८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको छ ।