भ्रष्टाचार मुद्दा दायर भएसँगै मोहन बस्नेतको सांसद पद स्वत: निलम्बन

काठमाडौं । मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएसँगै उनको पद स्वत: निलम्बन हुने भएको हो ।

निलम्बनको सूचना सभामुखले संसदमा सुनाएपछि मात्र औपचारिक मानिने प्रावधान रहेको छ । 

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भनिएको छ, ‘थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

कांग्रेसका सांसद बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर, सवा ३ अर्बको बिगो दाबी

टेरामक्स भ्रष्टाचार प्रकरणमा गोकुल र ज्ञानेन्द्रलाई उन्मुक्ति, दुवै एमाले र कांग्रेसका प्रभावशाली नेता
 

Share News