कालिकोट पलाता गाउँपालिकाका अध्यक्षसहित १० जनामाथि २५ लाख रुपैयाँ भ्रष्टाचारको आरोप

काठमाडौं । कर्णाली प्रदेश सरकारको बजेटमा घाटाचौर थिर्पुमा कर्णाली नदीमा गाडी तार्ने फेरि निर्माण नहुँदै रकम अनियमितता गरिएको आरोपमा जिल्ला कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

पलाता गाउँपालिकाले आव २०७७/७८ मा फेरि निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त ७५ लाख ५६ हजार ९ सय रुपैयाँ बजेटमध्ये २५ लाख ६ हजार रुपैयाँ झुट्ठा बिल र भरपाईमार्फत उपभोक्ता समितिलाई भुक्तानी दिई गैरकानूनी लाभ पुर्याएको अनुसन्धानबाट पुष्टि भएको हो ।

काम सम्पन्न नभए पनि सम्पन्न भएको देखाई झुटा प्रतिवेदन तयार गरिएको, बिना निर्माण नै बिल भरेको र सार्वजनिक संस्थालाई हानि पुर्याउने उद्देश्यले कार्य गरिएको जनाइएको छ ।

विशेष अदालतमा दायर आरोपपत्रमा दोषीहरूलाई प्रचलित भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय माग गरिएको छ ।

Share News