गभर्नर नियुक्तिमा वर्षमानको धारणा : रेफ्री खेलाडी बन्नु राम्रै हो, सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ

काठमाडौं । पूर्वअर्थमनत्री वर्षमानले गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा आउनु राम्रो नै भएको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘रेफ्री खेलाडीका रुपमा आउनु राम्रो हो, सबैलाई प्रतिस्पर्धामा आउने अधिकार छ, यो कानूनी राज हो,’ उनले भने ।

यस्तै, उनले २ महिना बितिसक्दा पनि गभर्नर नियुक्त हुन नसक्नु विडम्बना रहेको सुनाए । उनले वर्तमान सरकार कसले चलाइरहेको छ भन्ने विषयमा प्रश्न गरे ।

‘यो देशमा कसले शासन गर्दैछ, हरेक नियामकमा सेटिङ र भागबन्डा खोजेको कुरा सुनिन्छ, यो नाँगो कुराको दोष कसलाई दिने ?,’ उनले भने ।

यस्तै, उनले विगतको जस्तो नियामक निकायको छवि र गरिमा नरहेको धारणा राखे ।

Share News