आफ्नै पार्टीको अर्थमन्त्री पौडेलसामु सुरेन्द्र पाण्डेको आक्रोश, अर्थ मन्त्रालय मेरो पालाभन्दा पनि भद्रगोल भयो

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो पालाभन्दा अहिले अर्थ मन्त्रालय थप खराब भएको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र विषयक छलफल कार्यक्रममा बोल्दै उनले आफू अर्थमन्त्री बनेको समयभन्दा अहिले अर्थमन्त्रालय बिग्रेको बताएका हुन् ।

‘ब्यूरोक्रेसीमा सबै जान्ने भन्ने मानसिकता छ, यो मानसिकता हटाउनुपर्छ, अहिले थप भद्रगोल छ,’ उनले भने ।

यस्तै उनले आवास र जग्गामा उच्च कर लगाउनु पर्ने सुझाव दिए । उनले यस्तो कर विस्तारै ४० प्रतिशत पुर्याउनु पर्ने धारणा राखे ।

उनले उपभोग घटेको अर्थतन्त्र सुधार गर्न पुँजीगत बजेट साढे ३ खर्ब कायम गर्नुपर्ने बताए ।

Share News