९ महिनामा निर्यात ६५ प्रतिशतले बढ्दा मूल्य सूचकाङ्कमा सामान्य गिरावट

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको निर्यात ६५.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोही अवधिमा आयात पनि १२.२ प्रतिशतले वृद्धि भएको छ ।

तर, मूल्यको हिसाबले हेर्दा वार्षिक विन्दुगत आधारमा २०८१ सालको चैत महिनामा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.० प्रतिशतले र आयातको मूल्य सूचकाङ्क ०.२ प्रतिशतले घटेको देखिएको छ ।

यस अवधिमा व्यापारको शर्तमा पनि १.७ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । आयातको तुलनामा निर्यातको मूल्यमा केही कमजोरी देखिएको छ ।

Share News