जेठभित्र ५ प्रतिशत धरौटी तिरेर पुनरावेदनमा आउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरूलाई जेठ मसान्तभित्र पुनरावेदनमा जान आग्रह गरेको छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म बक्यौता रहेका ग्राहकहरूलाई प्राधिकरणको विद्युत वितरण विनियमावली २०७८ को विनियम ५५ को उपविनियम ९२० बमोजिम बिल रकमको ५ प्रतिशत रकम बराबरको नगद वा सो बराबरको एक वर्षको म्याद  रहने गरी जारी भएको  ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी प्रशासकीय पुनरावेदनमा आउन आग्रह गरेको छ ।

प्राधिकरण सञ्चालक समितिले धरौटी ५ प्रतिशतमा झारेर उद्योगीहरूलाई पुनरावेदनमा आउन आग्रह गरेको  प्राधिकरणका प्रवक्ता राजभाई शिल्पाकारले जानकारी दिए । 

यसअघि नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई १० दिनभित्र पुनरावेदन दिन समयसीमा दिएको थियो ।

उद्योगी र प्राधिकरणबीच डेडिकेटेड ट्रंकलाइनको विषयमा विवाद छ । उद्योगीहरूले टीओडी मिटरको विवरण मागिरहेका छन् ।

लोडसेडिङ बढेसँगै इन्भर्टर र जेनेरेटरको माग दोब्बर

डेडिकेटेड-ट्रंकलाइन विवाद: उद्योगीलाई पुनरावेदन गर्न ताकेता, १० दिनको ‘डेडलाइन’
 

Share News