२० वर्षदेखि सञ्चालनमा नरहेका खाता बन्द गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले २० वर्षदेखि सञ्चालनमा नरहेका खाता बन्द गर्ने भएको छ । बैंकले विगत २० वर्षदेखि संचालन नभई निष्क्रिय रहेका खाता बन्द गर्ने भएको हो । 

नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० बर्षदेखि संचालनमा नभई निष्क्रिय अवस्थामा रहेका खातावाल वा कानुनी हकवालाले असार १५ गतेभित्र खाता सक्रिय गराउन बैंकले अनुरोध गरेको छ । 

यदि सो अवधिभित्र नआएमा उक्त खातामा रहेको निक्षेप रकम बैंकिङ विकास कोषमा जम्मा गर्ने बैंकले जनाएको छ । उक्त रकम कोषमा रकमान्तर भएपछि उल्लेखित खातामा रहेको साँवा तथा सो मा प्राप्त हुने व्याज भुक्तानीमा बैंकको दायित्व नरहने बताएको छ । 

Share News