एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले शनिबार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंकको गट्ठाघर शाखाबाट सुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म पुगी कार्यक्रम सम्पन्न गरेको हो ।
 
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । 

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरू गरी लगभग ७०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए । 

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ५ लाख रुपैयाँको सहयोगका साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरू समेत हस्तान्तरण गरिएको छ । 

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमासमेत गरिएको छ । 

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News