सडक, रेल र जल यातायात आवागमनको माध्यमका रूपमा विकास गरिने

काठमाडौं । सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।  

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त बुँदा उल्लेख छ।

यस्तै, रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ।

Share News