काठमाडौं । सरकारले आगमी आर्थिक वर्षमा नवप्रवर्द्धनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने बताएका छन् ।
सरकारले आगमी आवमा प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन, सम्वर्द्धन क्षमता अभिवृद्धि सेवा बजारीकरण र मूल्यशृंखला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिने भएको छ ।
त्यस्तै, इकमर्समार्फत व्यापारको विकास गरिनुका साथै बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्द्धन गरिने राष्ट्रपति पौडेलले बताए ।