काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पेट्रोलियम पदार्थमार्फत चल्ने सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने भएकाे छ ।
शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो मापदण्ड लागू गर्नेबारे बताएका हुन् ।
यसैगरी, वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सहज बनाइने भएको छ ।
त्यस्तै, संरक्षण क्षेत्रमा मानव र प्रकृतिसँग अस्तित्व कायम गरिने भएको छ । वायु गुणस्तर कार्ययोजना लागू गरिने भएको छ ।
सरकारले आगामी नीति तथा कार्यक्रममार्फत राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने पौडेलले बताए ।
त्यस्तै एकीकृत जलाधार व्यवस्थानमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनःस्थापनामा ध्यान दिइने उल्लेख गरेका छन् ।
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।