सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गरिने

काठमाडौं । सरकारले विगतमा विभिन्न सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ । 

शुक्रवार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

सरकारले विकास निर्माणका क्रममा देखा परेका कमी, कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फर्ने जनाएको छ । साथै परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२/०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुनेगरी समय-तालिका निर्धारण गर्ने भएको छ । 

यसैगरी, सरकारले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगित गर्ने भएको छ । त्रुटिपूर्ण परियोजना पनि खारेज गर्ने भएको छ ।
 

Share News