युवालाई आर्थिक र सामाजिक रुपान्तरणमा प्रमुख वहाकका रुपमा परिचालन गर्ने

काठमाडौं । सरकारले युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वहाकका रुपमा परिचालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवालाई आर्थिक र सामाजिक रुपान्तरणका प्रमुख वहाकका रुपमा परिचालन गरिने बताए । 

उनका अनुसार युवाहरूको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा स्तरोन्नति गर्ने उनको भनाइ छ ।

Share News