इकमर्सको व्यापार व्यवसायमा सरकारको जोड

काठमाडौं । इकमर्सको व्यापार व्यवसायलाई प्रवर्द्धनमा सरकारले जोड दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । 

साथै, राष्ट्रपति पौडेलले रूग्ण उद्योगलाई आवश्यकता आधारमा पुनः सञ्चालनमा ल्याउने नीति लिएको उनको भनाइ छ । उनका अनुसार पेट्रोलमा बायो इथोनल मिश्रणको नीति कार्यान्वयन गरिने भएको छ ।

कालोबजारी, कार्टेलिङ नियन्त्रण  गरी स्वस्थ बजारसहित उपभोक्तामैत्री गरिने पौडेलले बताए । योग ध्यानका माध्यमबाट पर्यटक भित्र्याउने उनको भनाइ छ ।

Share News