काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा यूरो ६ मापदण्ड लागू गर्नुपर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यस्तै, उनले कार्वन व्यापार रणनीति तर्जुमा गरिने बताए । सन् २०४५ सम्ममा खुद शून्य कार्वन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धात पूरा गर्न दीर्घकालिन रणनीति तयार गरिने उनको भनाइ छ ।