संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने भएको छ । संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । 

राष्ट्रपति पौडेलले विकास कार्यक्रममा संघ र प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने नीति तथा कार्यक्रममार्फत प्रस्तुत गरेका हुन् । 

त्यस्तै, उनले संविधानमा उल्लेखित संघ, प्रदेश स्थानीय तहका साझा अधिकार, सूचीका विषय विकास कार्यक्रमहरू समन्वयात्मक रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।

Share News