दुर्गा प्रसाईं भारतमा पक्राउ, आज काठमाडौं ल्याइँदै

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई आज गुवाहाटी हुँदै झापा ल्याएर काठमाडौं पठाउने तयारी भइरहेको छ ।​


प्रसाईंले आफू नेपालमै रहेको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक गरेका थिए । तर, प्रहरीको विशेष टोलीले उनको लोकेशन ट्र्याक गरी भारतको आसाममा फेला पारेको थियो । उनले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयले दाबी गरेको छ ।​

तीनकुने प्रदर्शनमा दुई जनाको मृत्यु, दर्जनौं घाइते र सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको थियो । प्रसाईंमाथि संगठित अपराध, राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग लगायतका अभियोगमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।​

उनलाई आज नै नेपाल ल्याएर कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

Share News