सुनको मूल्य तोलामा ५ हजार ७ सयले बढ्यो , बन्यो नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा पाँच हजार रुपैयाँ ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

 साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० रुपैयाँ पुगेको छ । 
 

Share News