आन्दोलनकारी लखेट्ने भाटभटेनीका सुरक्षा गार्ड सम्मानित

आन्दोलनकारी लखेट्ने भाटभटेनीका सुरक्षा गार्ड सम्मानित

काठमाडौं । गत चैत्र १५ गते भएको राजावादीको आन्दोलनमा एक्लै प्रतिकार गरेर बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुली भाटभाटेनी सुपरमार्केटबाट सम्मानित भएका छन् ।

बुधबार एक कार्यक्रमबीच उनलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पाँच लाख एक हजार एक सय रुपैयाँ नगदसहित एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।

राजावादीहरूले तीनकुने क्षेत्रमा गरिएको आन्दोलनमा विभिन्न ठाउँमा आगजानी तथा तोडफोड गरेका थिए । आन्दोलनकारीहरूले कोटेश्वरमा रहेको सुपरमार्केटमा समेत लुटपाट, तोडफोड भएको थियो । सुपरमार्केटका अनुसार भाटभटेनी तोडफोड र लुटपाट हुँदा ७०/८० लाखको क्षति भएको छ ।

आन्दोलनकारीबाट क्षति पुगेका भाटभटेनीलाई द्रूत निर्माणमा सहयोग पुर्याउने कर्मचारीहरूसमेत सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, पर्शुराम थारु, आयुष थारु, शान्तराम थारु, नविन थारु, प्रेम थारु, रामदास थारुलगायत कर्मचारी पाँच हजार नगदसहित सम्मानित भएका छन् ।

Share News