कर्पोरेट क्षेत्रमा उत्कृष्ट काम गर्ने २२ जना व्यक्ति तथा संस्थालाई एचआरएम अवार्ड

<p>काठमाडौं । मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्ति र संस्थालाई कर्पोरेट क्लबले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ सम्मान गरेको छ । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा क्लबले २० विधामा २२ जनालाई ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’  प्रदान गरेको हाे । जसमा लाईफ म्यानेजमेन्ट तर्फको अवार्ड कर्ण शाक्यले पाएका छन् । लिडरसिप पुरुष तर्फकोअवार्ड जीवा लामिछानेलाई [&hellip;]</p>

काठमाडौं । मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याइरहेका व्यक्ति र संस्थालाई कर्पोरेट क्लबले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ सम्मान गरेको छ । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा क्लबले २० विधामा २२ जनालाई ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’  प्रदान गरेको हाे ।

जसमा लाईफ म्यानेजमेन्ट तर्फको अवार्ड कर्ण शाक्यले पाएका छन् । लिडरसिप पुरुष तर्फकोअवार्ड जीवा लामिछानेलाई दिइएको छ भने महिला तर्फको अवार्ड  हिमालय रिइन्स्याेरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई  दिइएको छ ।  

यस्तै, सामाजिक तर्फको अवार्ड इन्दिरा  सापकोटाले पाएकी छिन् । कर्पोरेट क्लबले संस्थागत तर्फ भने नेपथ्य नेपाली ब्याण्ड, कालिका मानव विज्ञान सेकेन्डरी स्कुल बुटवल र गेटा आँखा अस्पताललाई प्रदान गरेको छ । 

 मल्टिनेसनल कम्पनी तर्फ एनसेल, नेपाल एसबीआई बैंक, सोल्टी होटलले अवार्ड प्राप्त गरेका छन् । यस्तै, जीवन बीमातर्फ सिटिजन लाइफ इन्स्याेरेन्स, निर्जीवन बीमातर्फ  सगरमाथा लुम्बिनी इन्स्याेरेन्स, म्यानुफ्याक्चरिङ कम्पनीतर्फ  शिवम् सिमेन्ट, विकास बैंकतर्फ गरिमा विकास बैंक, डिस्ट्रिब्युसनतर्फ  फूल प्रसाद र एसियन फर्मास्युटिकल्सले अवार्ड प्राप्त गरेका छन् ।

यस्तै, निर्माणतर्फ शर्मा एण्ड कम्पनी कन्स्ट्रक्सन,  सूचना प्रविधितर्फ किम्बु टेक, एग्रिटेक बिजनेसतर्फ श्रीनगर एग्रिटेक कम्पनी, ग्रीन इन्टेटिभ कम्पनी तर्फ भेन्चरविन्स इनर्जी कम्पनी, एसएमइ कम्पनी तर्फ नित्या ट्रेडसनल कम्पनी र स्टार्टअफ कम्पनी तर्फ डेलिस टेक्स कम्पनीले अवार्ड पाएका छन् ।

काम गर्ने हौसला मिल्यो

यो अवार्डबाट सम्मानित हुने व्यक्ति तथा संघ संस्थाले भने काम गर्ने हौसला मिलेको बताएका छन् । अवार्ड प्राप्त गर्ने क्रममा आफ्नो धारणा राख्दै उनीहरूले यस्ता अवार्डले काम गर्न थप ऊर्जा दिने गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

लाइफ म्यानेजमेन्टको उपाधि पाएका कर्ण शाक्यले यस्ता अवार्ड कामबाट विश्राम लिने सोच समेत नआउने गरेको बताए । ८३ वर्षसम्म काममा सक्रिय रहेको बताउँदै उनले सास रहुन्जेलसम्म काम गरिराख्ने बताए ।

उनले भने, ‘मैले आफ्नो व्ययसावबाट ७ वर्ष अगाडि नै विश्राम लिएँ, अहिले सकारात्मक सोच अभियान बढाइरहेको छु ।’

उनी जीवनमा सकारात्मक सोचका साथी काम अगाडि बढाए कुनैपनि कुरा असम्भव नहुने बताए ।

यस्तै, जीवा लामिछानेले नेपालमा व्यवसाय गर्न सके विदेशिनुपर्ने अवस्था नरहने बताए । उनले आफूले केही वर्ष विदेश बसेर नेपालमै गर्नुपर्छ भन्ने भावनाले नेपालमा व्यवसाय सुरु गरेको बताए ।

यस्तै, हिमालय रि इन्स्याेरेन्स प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल भारतमै पढ्दा भारतमै केही गर्नुपर्छ भन्ने मनस्थिति बनाइराख्दा नेपाल आउँदा नेपालले बाहिर जाने सोच नै हटाइदिएको बताइन् ।

नेपालमा युवा पुस्ता विदेसिइरहेको बेला उनले नेपालमै गर्न सक्ने वातावरण रहेको दाबी गरिन् । कार्यक्रममा सम्मानित भएका अन्य व्यक्ति र संस्थाले पनि अवार्ड प्रदान गरेकोमा कर्पोरेट क्लबलाई धन्यवाद दिए । 

यस्तै, कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले यस्ता अवार्डले नेपालमा व्यवसाय गरिरहेका उद्योगीहरूको मनोबल बढ्ने बताए । सम्मानित व्यक्तिलाई अवार्ड प्रदान गर्दै मन्त्री लेखले मूलकको विकासमा निजी क्षेत्रको भूमिका सह्रानीय रहेको भन्दै सरकारले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

 ‘यसका लागि सकारले कस्तो वातावरण बनाउनुपर्छ त्यो बनाउँछ,’ उनले भने,  ‘निजी क्षेत्रको सहजताका लागि नै अध्यादेश ल्याइएकाे हाे, यो हिउँदे अधिवेशनमा अध्यादेश स्वीकृत हुन्छ, हामीले निजीक्षत्रेसँग काम गर्न भएको नीतिगत समस्या बारे यो भन्दा अगाडि अछलफल गरेका थियौं, त्यही छलफलबाटै हामीले ध्यायदेश ल्याएका हौं । तर, त्यो अध्यादेशमा छलफल हुने सकेको छैन यो दुःखद हो ।’

उनले अध्यादेश अहिलेको आवश्यक्ता भएको भन्दै जस्तोसुकै अवस्थामा पनि पारित हुने बताए । 

Share News